उर्लाबारी नगर प्रमुख फागोलाई पनि कोरोना

Author Nishkarsha News
२०७७ आश्विन २४, शनिबार १७:०५

दमक/ उर्लाबारी नगरपालिकाका प्रमुख खडग फागोलाई कोरोना संक्रमण देखिएको छ ।

आज प्राप्त पीसिआर रिपोर्ट अनुसार फागोलाई कोरोना देखिएको हो । उनीसंगै नगरपालिकाका स्वास्थ्य शाखा सहसंयोजक सुरेश खडकामा पनि कोरोना संक्रमण देखिएको जनाइएको छ । यस अघि दमक नगरपालिकाक प्रमुख रोमनाथ ओलीसहित तीन जना जनप्रतिनिधिमा दमकमा कोरोना देखिइसकेको छ ।

समाचार शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्