दमक/ पहिलो पाइला नेपाल दमक शाखाले आज दमकमा रक्तदान तथा सरसफाई कार्यक्रम गरेको छ । विभिन्न सामाजिक कामहरुमा सक्रिय सो संस्थाले दमक स्थित रेडक्रस भबन र वाणिज्य संघको भबन आसपास सरसफाइ कार्यक्रम गरेको हो । संस्थाका पदाधिकारी तथा सदस्यहरुका साथै इच्छुक रक्तदाताहरुले रेडक्रसस्थित रक्त सञ्चार केन्द्रमा पुगेर रक्तदान गरेका थिए ।


८ हप्ते दमक सरसफाइ अभियानको क्रममा आज तेस्रो हप्ता सो स्थानमा सरसफाइ गरिएको संस्थाका अध्यक्ष दिपक खडकाले बताए ।
रेडक्रस दमकका रक्तसञ्चार शाखा प्रमुख सिदार्थ दाहालको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा संस्थाका सल्लाहकार एवम दमक उद्योग बाणिज्य संघका प्रथम उपाध्यक्ष राजु खडकाको विशेष आतिथ्य रहेको थियो । कार्यक्रमको सञ्चालन संस्थाका सहसचिब राजु निरौलाले गरेका थिए ।

Facebook Comments Box