दमक/ स्वास्थ्य सम्बन्धि सचेतनाको माध्यमबाट समाज र राष्ट्रलाई योगदान दिने मुल उद्धेश्यले देशव्यापी रुपमा गठन भएको योगदान राष्ट्रको लागि फाउण्डेशनको झापामा जिल्लास्तरीय समिति बनेको छ ।
विर्तामोडमा हालै भएको सामाजिक संस्थाका प्रतिनिधिहरुको भेलाबाट गठित सो फाउण्डेशनको जिल्ला समितिको संयोजकमा प्रदिपकुमार संग्रौला , सहसंयोजकमा भिम बोहोरा र सचिवमा सजु बुढाथोकी चयन भएका छन ।
त्यसैगरी उपसचिवमा डिल्लिराम पोखरेल र कोषाध्यक्षमा बिन्दु थापा चयन भएका छन । समितिका सदस्यहरुमा बन्दना दुलाल, कल्पना चम्लगाई, भिमा पाठक, रोहिणी गौतम, सावित्रा ढुङ्गेल, विजय उप्रेती, डिल्लिराम संग्रौला,सुनिल चौहान, दिपक बस्नेत, डिल्ली उप्रेती, दिपा पौडेल, जितेन शाह, प्रकाश शर्मा रहेका छन । सो समिति आवश्यकता अनुसार विस्तार समेत हुने जनाइएको छ ।
विशेषतः स्वास्थ्य क्षेत्रमा सामान्य ज्ञानको अभावमा अकालमा ज्यान गुमाउने नेपालीहरुको जीवन रक्षाका लागि सो अभियान सञ्चालन गरिएको यसमा संलग्नहरुले बताएका छन । निस्वार्थ सामाजिक काम गर्ने अभियान बोकेर योगदान रास्ट्रको लागि फाउण्डेसन नामक संस्था दर्ता भई हाल जिल्ला समितिहरु गठनको अभियान चलिरहेको जिल्ला सचिव बुढाथोकीले जानकारी दिइन ।