दमक/ सरकारले जनतालाई सुशासनको अनुभूति दिन नसकेको तथा भ्रष्टाचार, कालोबजारी , बलात्कार जस्ता अपराध नियन्त्रणमा असफल भएको आरोप लगाउँदै जनता समाजवादी पार्टी सम्बद्ध युवा संगठनले  झापामा बृहत प्रदर्शनको तयारी गरेको छ ।
युवा संगठनको जिल्ला नेतृत्वले २२ असोज  १० बजे दमकदेखि काँकरभिट्टा सम्म मोटरसाइकल रयाली मार्फत प्रदर्शन गर्न लागेको हो विज्ञप्ती मार्फत जनाइएको छ ।

कार्यक्रम संयोजक महेन्द्र कटुवाल र हेमराज श्रेष्ठद्धारा हस्ताक्षरित प्रेस विज्ञप्तीमा सरकारको गैह्र जिम्मेवारीका कारण युवाहरु सडकमा आउनु पर्ने बाध्यात्मक परिस्थिति सिर्जना भएको पनि उल्लेख गरिएको छ ।
सो संगठनले बढ्दो हत्या हिंसा, बलात्कार, कालोबजारी र भ्रष्टाचारको अन्त्य गर्न, रेशम चौधरीलाई रिहा गर्न, डा. गोविन्द केसीका जायज मागहरुलाई सम्बोधन गर्दै उहाँको जिवन रक्षा गर्न, साना व्यवसायीहरुको आर्थिक, सामाजिक सुरक्षा र युवाहरुको रोजगारीको सुनिश्चितताका लागि विशेष कार्यक्रमहरु ल्याउनु पर्ने माग गरेको समाजवादी युवा संघ प्रदेश नं १ का मुख्य सचिव पवन विष्टले बताए ।
विष्टले निष्कर्ष न्यूजसंगको कुराकानीमा तत्कालिन समाजवादी पार्टी नेपाल र जनता समाजवादी पार्टीबीचको बलियो एकतालाई सन्देश समेत दिन सम्बद्ध युवा संगठनमा आवद्ध र पार्टी संगठनका शुभचिन्तक शुभेच्छुक युवाहरु रयालीमा सहभागी हुने बताए ।

Facebook Comments Box