दमक/ दमक ६ स्थित फाल्गुनन्द बचत तथा ऋण सहकारी संस्थाले कोरोना संक्रमणको असरलाई मध्यनजर गरेर यस बर्षको ९ औं बार्षिक साधारण सभा एक साता लगाएर चरणबद्ध रुपमा सम्पन्न गरेको छ ।

साधारण सभाको अवसरमा ५ असोजमा बार्षिक प्रतिवेदन सार्वजनिक गरेर प्रधान कार्यालयसहित सेवा केन्द्रहरुबाटै सदस्यहरुलाई प्रतिवेदन उपलब्ध गराएको संस्थाका अध्यक्ष संकल्प लिङदेनले बताए ।
असोज ५ मा प्रतिवेदन सार्वजनिक गरेको सो संस्थाले आफना सेवा केन्द्रहरु मार्फत आलोपालो गरेर १३ असोज सम्म प्रतिवेदन उपलब्ध गराएको थियो । सो समय भित्र सम्पर्क गर्न नसकेका सदस्यहरुलाई निरन्तर प्रतिवेदन उपलब्ध गराउँदै सुझाव लिएर साधारण सभा सम्पन्न गरेको संस्थाका व्यवस्थापक कुबेर तुम्बापोले जानकारी दिए ।
विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरस संक्रमणका कारण सहकारीले यसबर्ष भव्य रुपमा सम्पन्न गर्न कठिनाई भएकाले क्षेत्रगत आधारमा साधारणसभा गरेको संस्थाका सचिव दिलिप लिम्बुले वताए ।
दमकसहित विर्तामोडमा सेवा केन्द्र सञ्चालनमा रहेको सो संस्थाले यस बर्ष झापाको शिवसताक्षी र मोरङका उर्लावारी समेत सेवा केन्द्र विस्तार गर्न प्रस्ताव अघि बढाएको छ । साधारणसभाको कार्यसूचि अनुसार माईपूर्व क्षेत्रका शेयर सदस्यहरुका लागि विर्तामोडस्थित सेवा केन्द्रमा असोज ७ गते, शिवसताक्षी क्षेत्रका लागि झिलझिलेमा असोज ८, ९ गते कमल गाँउपालिकाको मंगलवारेमा ,१० गते इलामको माङसेवुङ क्षेत्रका लागि भन्ज्याङमा प्रतिवेदन उपलव्ध गराइएको छ भने दमक १,७,८,९ र १० का शेयर सदस्यका लागि असोज ११ ,दमक २,३,४,५ ,६ र ७ का शेयर सदस्यका लागि असोज १२ गते र मोरङको उर्लावारी क्षेत्रका शेयर सदस्यका लागि असोज १३ गते प्रधान कार्यालय दमकमा साधारणसभाको प्रतिवेदन उपलव्ध गराइएको थियो ।
भmापा जिल्लाभरि कार्यक्षेत्र रहेको सो सहकारीमा पुरुष ४३८ र महिला ६३७ गरि १०७९ जना शेयर सदस्य छन् ।
गएको आर्थिक बर्षसम्म संस्थाको २ करोड ७९ लाख १४ हजार ७ सय कुल शेयर पूंजी ,बचत ८ करोड १ लाख २४ हजार ७ सय १५,कर्जा लगानी १० करोड ७० लाख ९१ ह्जार ९१ रुपैया पुगेको सचिव लिम्बुले वताए ।