दमक/ सशस्त्र प्रहरी बल पाँचथरमा कार्यरत सहायक निरिक्षक मोरङ बुढिगंगा १ का ४२ बर्षीय कमल प्रसाद तावाहाङको मोटरसाईकलको ठक्करबाट मृत्यु भएको छ ।

गएराती सवा ९ बजे बुढिगंगा १ राजमार्ग साईटमा पैदल हिडिरहेका तावाहाङलाई लु ६१ प २५०२ नम्बरको मोटरसाईकलले ठक्कर दिँदा उनी उम्भिर घाईते भएका थिए ।
घाईते तावाहाङको बिराट मेडिकल कलेज टिचिङ अस्पताल गंगाचोकमा उपचारको क्रममा आज विहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । सशस्त्र प्रहरी बल पाँचथरमा कार्यरत रहेका उनी विदामा घर आएक थिए ।

Facebook Comments Box