दमक/ दमकको क्याम्पसमोडमा आज राती करिब साढे ९ बजे भएको मोटरसाइकल दुर्घटनाका घाईते सबै ( पाँच जना) को पहिचान खुलेको छ ।
घाईते हुनेहरुमा दमक ४ का मनिष अधिकारी , पूर्ण श्रेष्ठ र राजन श्रेष्ठ तथा दमक ९ का भिमराज श्रेष्ठ र सम्झना राई रहेका छन ।
पश्चिमबाट पूर्व जाँदै गरेको को २५ प ६१८१ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आइरहेको मे १० प २३२७ नम्बरको मोटरसाइकल एकापसमा ठोक्किएर सो दुर्घटना भएको प्रहरीले जनाएको छ ।

घाईते भिमराज र सम्झना एउटा मोटरसाइलकमा सवार थिए भने अन्य तीन जना अर्को मोटरसाइकलमा सवार रहेका बताइएको छ । सम्झना र राजन श्रेष्ठको थप उपचारका लागि विएण्डसी रेफर गरिएको छ भने अन्य तीन जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

Facebook Comments Box