दमक/पूर्वपश्चीम राजमार्ग अन्तर्गत झापाको दमकस्थित क्याम्पसमोड नजिकै केही बेर अघि दुई वटा मोटरसाइकल ठोक्किदा भएको दुर्घटनामा पाँच जना घाईते भएका छन ।
दुर्घटनामा एक युवती र ४ युवक घाईते भएका उनीहरुको उद्धारमा संलग्न योगबहादुर खडकाले बताए । घाईतेहरु मध्ये एक युवतीको उपचार लागि विएण्डसी अस्पताल विर्तामोड तर्फ लगिएको छ भने तीन जनाको स्थानीय निम्स अस्पताल र एक जनाको लाइफलाइन अस्पतालमा उपचारका लागि लगिएको छ । अस्पतालमा रहेका उनीहरु कसैको पनि तत्काल पहिचान खुल्न नसकेको इलाका प्रहरी कार्यालय दमकका डिएसपी विजयराज पण्डीतले जानकारी दिए ।
दमक क्याम्पसमोड नजिकै दुर्घटना – एक युवतीसहित पाँच घाईते, युवतीको अवस्था गम्भिर
Nishkarsha News
२०७७ आश्विन १७, शनिबार २१:४८