प्रहरी कार्यालयकै अगाडी दुर्घटनामा महिलाको मृत्यु

Author Nishkarsha News
२०७७ आश्विन १३, मंगलवार २१:१६

झिलझिले/    झापाको झिलझिलेमा मंगलबार साझ बोलेरो जीपको ठक्करबाट एक जना ४० वर्षीय महिलाको मृत्यु भएको छ। पुर्वबाट पश्चिम जादैँ गरेको बा ११ च ५९९० नम्बरको बोलेरो जिपले ठक्कर दिँदा शिवासताक्षी ८ झिलझिले की कमला चापागाईंको मृत्यु भएको हो।

इलाका प्रहरी कार्यालय झिलझिले अगाडि भएको सो दुर्घटनाबाट गम्भीर घाइते भएकी चापागाईंको उपचार का क्रममा बिर्तामोड स्थित बि एंड सी हस्पिटलमा मृत्यु भएको जिल्ला जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक प्रकाश जबेगुले बताए। दुर्घटनामा संलग्न उक्त बोलेरो र  चालक शिवासताक्षी नगरपालिका वडा नम्बर ९ बस्ने४३ वर्षीय अमृत बहादुर योङ्हाङ्गलाई इलाका प्रहरी कार्यालय झिलझिलेले नियन्त्रणमा लिएको छ।

समाचार शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्