दमक/ झापाको गौरादह १ मा हिजो (सोमबार) ६५ बर्षिया एक बृद्धाको निर्ममतापूर्वक भएको हत्याको घटनाबारे नेपाली कांग्रेसकी संघीय संसद सदस्य महेन्द्रकुमारी लिम्बुले चासो देखाएकी छिन ।

हत्या गरिएकी मनमाया भण्डारी
सांसद लिम्बुले झापाको कमल १ स्थायी घर भएकी मनमाया भण्डारीको घरमै भएको विभत्स हत्याको घटनाप्रति सामाजिक सञ्जाल फेसबुक मार्फत चासो देखाउँदै घटनाको गम्भिर रुपमा अनुसन्धान गर्न र दोषी पत्ता लगाई हदै सम्मको कारवाही गर्न प्रहरी प्रशासनसंग माग गरेकी हुन । सांसद लिम्बुले आफनो फेसबुक वालमा लेखेकी छिन–यथाशीघ्र अपराधी पत्ता लगाई कानुनी कार्यवाही हुनुपर्छ ।
कांग्रेस कमल गाउँ सभापति खगेन भण्डारीकी भाउजु तथा क्रियाशील सदस्य भीम भण्डारीकी पत्नी मनमाया भण्डारीको शव हिजो हात बाँधेको अवस्थामा गौरादह १ स्थित आफनै घरमा भेटिएको थियो । उनको आज पोष्टमार्टम गरिएको र भोली दाहसंस्कार गरिने पारिवारिक श्रोतले जनाएको छ ।