दमक/ प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको मन्त्रीपरिषद पुनर्गठनका लागि कसरत भइरहँदा झापाली कम्युनिष्ट राजनीतिका एक जना निष्ठावान नेताको नाम मन्त्रीपरिषदमा अटाउनु पर्ने आवाज उठेको छ ।

प्रधानमन्त्री ओलीको निर्वाचन क्षेत्र झापा ५ अन्तर्गत दमक नगरपालिकाका स्थायीबासिन्दा रहेका नेकपा झापाका सहइञ्चार्ज देवेन्द्र दाहाललाई विकासे मन्त्रालयको जिम्मेवारी दिनुपर्ने आवाज युवा विद्यार्थीहरुले उठाइरहेका छन । दाहाल राष्ट्रिय सभा सदस्य हुन ।
२०३६ को बिद्यार्थी आन्दोनबाट राजनितिमा प्रवेश गरेका तत्कालिन नेकपा एमालेको झापाको चार कार्यकाल सम्म नेतृत्व सम्हालेका नेता दाहाल अहिले पार्टी केन्द्रिय सदस्य समेत छन ।
उनले तत्कालिन नेकपा मालेको पार्टी सदस्यका रुपमा २०४१ सालमा पार्टी सदस्यता लिएका थिए ।
२०३८ साल देखि पार्टी जिम्मेवारी सम्हाल्न थालेका उनी ०४५ जेष्ठमा तात्कालिन नेकपा(माले)को (भुमिगतकालमै) झापा जिल्ला कमिटीमा सामेल भएका थिए । यस्तै ०४५ देखि २०५१ सम्म नेकपा एमाले झापा जिल्ला कमिटीको सचिवालय सदस्यको जिम्मेवारीमा बसेर कार्य सम्पादन गरे भने २०५१ देखि २०५३ जेष्ठ २२ गते सम्म नेकपाएमाले जिल्ला कमिटी उपसचिवको कार्यभार पनि सम्हाले । २०५३ जेष्ठ २३ गते देखि २०६६ भाद्र २७ गते सम्म नेकपा एमाले झापा जिल्ला कमिटीको सचिवका रुपमा चौथो झापा जिल्ला अधिवेशन देखि सातौं जिल्लाअधिवेशन सम्म लगातार ४ कार्यकाल सम्हालेका उनी कुशल संगठकका रुपमा चिनिन्छन । दाहालसंगै झापा ४ बाट संघीय संसदमा प्रतिनिधित्व गरेका सांसद एलपी साँवा समेत नयाँ बन्ने मन्त्रीको चर्चामा छन ।
लामो समय बैदेशिक रोजगार व्यवसाय तथा उद्योग व्यवसायका क्षेत्रमा स्थापित हुँदै सशक्त राजनीतिमा लागेका सांसद साँवा र राष्टिय सभाका सांसद दाहाल दुवै जना मन्त्रिमण्डलमा अटाउने हुन कि होइनन भनेर झापाली नागरिकहरुले चासो पूर्वक नियालिरहेका छन ।