दमक/ मोरङको उर्लाबारी ७ मा एक जना होटल व्यवसायीको कुटपिटबाट बेहोस भएर लडेका युवकको मृत्यु भएको छ । संखुवासभा घर भई हाल उर्लाबारी ७ मा बस्दै आएका ३५ बर्षीय शुसिल मल्लिकको मृत्यु भएको हो ।
मल्लिकलाई उर्लाबारी ७ का होटल सञ्चालक २६ बर्षीय गोपाल तामाङले गत आइतबार खाजा खान आएको समयमा विवाद हुँदा कुटपिट गरेका जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । गत आईताबार मल्लिक होटलमा खाजा खान गएको समयमा गोपाल र उनीविच बादविबाद हुदा गोपालले एक्कासी उनलाइ कुटपिट गरेर होटल वाहिर निकाल्न खोज्दा मल्लिक भुईँमा लडेर वेहोस भएका थिए । उनको भारतको सिलिगुडीमा उपचारका क्रममा आज मृत्यु भएको प्रहरीले जनाएको छ । कुटपिट गर्ने होटल संचालक तामाङलाई पक्राउ गरेर कानुनी कारबाही अगाडी बढाईएको जनाइएको छ ।