दमक/ लायन्स क्लव अफ इन्टरनेशनल ३२५ ए वान अन्तर्गत दमक र आसपासका ६ वटा लायन्स क्लबहरुको संयुक्त बैठक (जोन मिटिङ) दमकमा बसेको छ ।

ज्ञाननाथ पौडेल ( ज्ञानु )को संयोजकत्वमा रहेको जोन अन्तरगतका क्लवहरुको पहिलो एड्भाइजरी कमिटीको बैठक हिजो बसेको हो ।
लायन्स क्लव अफ इन्टरनेशनल ३२५ ए वानका लायन लिडर रेवतबहादुर कार्कीको उपस्थितीमा बसेको बैठकले कोरोना संक्रमणमा लायन्स क्लबहरुले निर्वाह गरेको भुमिकाका समिक्षा समेत गरिएको थियो ।

समुदायमा स्वास्थ्य सचेतनाको आवश्यकता रहेको सहभागी क्लबका प्रतिनिधिहरुले धारणा राखेका थिए । उनीहरुले संयुक्त प्रयासबाट लायन्सलाई समुदायको एक अभिन्न अंगका रुपमा परिचित गराउँदै मानवीय सेवामा निस्वार्थ ढंगबाट लाग्नुपर्नेमा जोड दिएका जोन चियर पर्सन पौडेलले बताए । बैठकको संयोजन लायन्स क्लब लखनपुरले गरेको क्लबका अध्यक्ष हेमसिंह अधिकारीले बताए ।