दमक/नेपालमा थप १० जना कोरोना संक्रमितको मृत्यु भएको छ । आइतबार एकै दिन १० जना कोरोना संक्रमितको मृत्यु भएको हो । यो सँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ४ सय ७७ पुगेको छ ।
६ वटा जिल्लाका १ महिला र ९ पुरुष गरी १० जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । बारामा २०, ललितपुरमा ४२ र ७७ वर्षीय पुरुष, काठमाडौंमा ५० वर्षीया महिला, ६१ र ६२ वर्षीय पुरुष, रुपन्देहीमा ७२, बर्दियामा ६३ र ५०, अछाममा ३४ वर्षीय पुरुषको मृत्यु भएको छ ।
यसअघि शनिबार नेपालमा ८ जना कोरोना संक्रमितको मृत्यु भएको थियो ।
थप १० संक्रमितको ज्यान गयो, मृतकको संख्या ४७७ पुग्यो
Nishkarsha News
२०७७ आश्विन ११, आईतवार १७:१२