दमक/झापाको दमकमा पौडेल युवाहरुको साझा संस्था पौडेल युवा मञ्च गठन भएको छ । आज दमक ७ स्थित पौड्याल वंशोद्धार समितिको भवनमा सम्पन्न पौडेल वंशका युवाहरुको ऐतिहासिक पहिलो बृहत नगर भेलाले दमक ५ का थरेन पौडेलको अध्यक्षतामा १५ सदस्यीय पौडेल युवा मञ्च दमक नगर समिति सर्वसम्मत चयन गरेको हो ।


युवा मञ्चको उपाध्यक्षमा दमक ९ का दिपेन्द्र पौडेल, सचिवमा दमक ८ का केदारबाबु पौडेल, सहसचिवमा दमक ६ की कविता पौडेल र कोषाध्यक्षमा प्रनिता पौडेल दमक २ रहेका छन । त्यसैगरी सदस्यहरुमा प्रदिप पौडेल दमक ३, विजय पौडेल दमक ९, अरुण पौडेल दमक ७, खेमराज पौडेल दमक ४,  चन्द्र प्रसाद पौडेल, दमक ५ निलम पौडेल ,दमक १, मोहन पौडेल दमक ९, मनोज पौडेल दमक १० रहेका छन । थप एक जना सदस्य आगामी बैठकले मनोनित गर्ने जनाइएको छ ।
सोही भेलाले पौडेल वंशका १६ देखि ४५ बर्ष उमेर समुहका युवाहरुलाई संगठित गर्दै सो संगठनलाई झापाका अन्य पालिकाहरुमा समेत विस्तार गर्ने तथा आवश्यक सुझाव सल्लाह प्रदान गर्न राम पौडेलको संयोजकत्वमा ५ सदस्यीय सल्लाहकार समिति समेत चयन गरेको छ । समितिका सहसंयोजकमा विष्णु पौडेल, सदस्यहरुमा ज्ञाननाथ पौडेल (ज्ञानु) , गायत्री पौडेल ( सन्तोष) र रेवत पौडेल रहेका छन ।
भेला आयोजक समितिका संयोजक राम पौडेलको अध्यक्षता र पौडेल वंश महासंघका केन्द्रिय सदस्य युवराज पौडेलको प्रमुख आतिथ्यमा भएको सो भेलाले संगठन सञ्चालन तथा बन्धुहरुको हितका लागि युवाहरुबीच दमक दैनिक एक रुपैयाँ सहयोग संकलन गर्ने निर्णय पनि गरेको छ ।
सो भेलामा प्रमुख अतिथी केन्द्रिय सदस्य पौडेल, विशेष अतिथीहरु दमक उद्योग वाणिज्य संघका कार्य समिति सदस्य गायत्री पौडेल ( सन्तोष) र वाणिज्य संघका निवर्तमान केन्द्रिय सदस्य ज्ञाननाथ पौडेल ( ज्ञानु)ले पनि शुभकामना मन्तव्य राखेका थिए ।

Facebook Comments Box