दमक/झापाको अर्जुनधारा ५ स्थित बैंसाबारीका तीन जनालाई गोरु काटेर खाएको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा २० बर्षीय ईमन दाहाल, २७ बर्षीय विर बहादुर दनुवार र अर्का बर्ष २७ कै टिकाराम दनुवार रहेका छन ।
आज बिहान ८ बजे उनीहरुले गोरुको टाउको र खुट्टाहरू नजिकै रहेको उखुबारीमा गाडेको भन्ने सूचना दिएका आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनीहरुमाथि कानुनी कारबाही अघि अगाडी बढाईएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।