दमक/ धिमाल जातीय विकास केन्द्र झापाको छैठौं जिल्ला अधिवेशन दमकमा सम्पन्न भएको छ ।


केन्द्रकी जिल्ला अध्यक्ष नेत्रकुमारी धिमालको अध्यक्षतामा दमक ४ स्थित अडियामहलमा शुक्रबार सम्पन्न अधिवेशनले बम बहादुर धिमालको अध्यक्षतामा १५ सदस्यीय नयाँ जिल्ला समिति चयन गरेको जनाइएको छ ।
संस्थाको उपाध्यक्षद्धयमा मन बहादुर धिमाल र दयाराम धिमाल , सचिवमा मणिराज धिमाल , सहसचिवमा उमादेवी धिमाल र कोषाध्यक्षमा अम्बर बहादुर धिमाल सर्वसम्मत चयन भएका छन । त्यसैगरी सदस्यहरुमा रबु कुमार धिमाल
, दिपेश धिमाल , राधिका (रनमाया)धिमाल , मीना धिमाल , नेत्र कुमारी धिमाल
डम्बर बहादुर धिमाल, कुमारी धिमाल , पुजारी धिमाल र मनितलाल धिमाल चयन भएका छन ।

Facebook Comments Box