दमक/झापाको दमक –५ स्थित हरीओम कोलनीमा आज निशुल्क दन्त परीक्षण शिविर सम्पन्न भएको छ ।
सर्वोदय बोर्डिङ स्कूलमा रहेको बाल क्लब र लायन्स क्लब अफ युनाइटेडको संयुक्त आयोजना र आमा डेन्टल केयरको प्राविधिक सहयोगमा शिविर सम्पन्न भएको हो । सो शिविरमा १ सय ५० जनाले निशुल्क परीक्षण सेवा लिएका आयोजकले जनाएको छ ।
दन्तरोग विशेषज्ञ चिकित्सक अशोक श्रेष्ठ र डा. विश्वास खतिवडासहितको स्वास्थ्यकर्मी टोलीले मुख तथा दाँतको परीक्षण गरेको थियो ।