दमक/ दमक ४ स्थित कञ्चन टोल विकास संस्थाको नेतृत्व हाक्ने जिम्मेवारी महिलाले पाएका छन । दुर्गा मन्दिर सेवा प्रतिष्ठानमा शुक्रबार भएको संस्थाको १४ औं साधारण सभाले अम्बिका सिटौलाको अध्यक्षतामा उपाध्यक्ष तिलमाया लिम्बु रहेको नयाँ समिति चयन गरेको हो ।


संस्थाको उपाध्यक्षमा तिलमाया लिम्बु, सचिवमा उमेश शिवाकोटी, सहसचिवमा लक्ष्मी उप्रेती र कोषाध्यक्षमा मिना धिमाल चयन भएका जनाइएको छ । संस्थाका अध्यक्ष मनप्रकाश सिटौलाको अध्यक्षतामा भएको साधारण सभाका अवसरमा ज्येष्ठ नागरिक चन्द्रप्रसाद रिजाल र दुर्गा मन्दिर सेवा प्रतिष्ठानका पुजारी बाबुराम रिजाललाई सम्मान समेत गरिएको थियो । संस्थाका निवर्तमान कोषाध्यक्ष माधव ढकालले सञ्चालन गरेको सभामा आय व्यय विवरण सचिव एकराज भेटवालले प्रस्तुत गरेका थिए ।

Facebook Comments Box