दमक/झापाको बिर्तामोड नगरपालिका–२ रामचोकमा भएको मोटरसाईकल दुर्घटनामा १ जनाको मृत्यु भएको छ भने ३ जना घाईते भएका छन् ।

आज बिहान अन्दाजी १० बजेतिर पश्चिमबाट पूर्व तर्फ आउँदै गरेको को १ च ६२१९ नम्बरको कारलाई सोही दिशाबाट आउँदै गरेको को ११ प ६३३७ नम्बरको मोटरसाईकलले ओभरटेक गर्ने क्रममा भएको दुर्घटनामा गौरादह ५ का टेकनाथ घिमिरेको मृत्यु भएको हो । प्रहरीका अनुसार बिपरीत दिशाबाट आउँदै गरेको मे १० प ५१९९ नम्बरको मोटरसाईकलसंग ठोक्किदा दुवै मोटरसाईकलमा सवार ४ जना गम्भीर घाईते भएका थिए ।

घाईतेहरुलाई उपचारका लागि बिर्तामोडको बि.एण्ड.सी. अस्पताल लगिएकोमा उपचारकै क्रममा ६३३७ नम्बरको मोटरसाईकलका चालक घिमिरेको मृत्यु भएको ईलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ । सोही मोटरसाईकलको पछाडी सवार गौरादह नगरपालिका–४ की ३१ बर्षीया यमुनादेवी न्यौपाने, मे १० प ५१९९ नम्बरका मोटरसाईकल चालक दमक नगरपालिका–१५ का २० बर्षीय जिवन भण्डारी र सोही मोटरसाइकलको पछाडी सवार दमक नगरपालिका–९ का २३ बर्षीय कर्म उरावको उपचार भईरहेको छ । ३ वटै सवारी साधन ईलाका प्रहरी कार्यालय अनारमनीको नियन्त्रणमा रहेका जनाइएको छ ।

Facebook Comments Box