दमक/ झापाको अर्जुनधारा ११ बसपार्क र बिर्तामोड भगवान चोकबाट लागुऔषध खैरोहिरोईन ब्राउनसुगर सहित ३ जना पक्राउ परेका छन ।
पक्राउ पर्नेमा बिर्तामोड ३ का २४ बर्षीय बिशाल राजवंशी र सोही ठाउँका १५ बर्षीय नर प्रसाद राजवंशी र बिर्तामोड २ का २२ बर्षीय प्रदिप राजवंशी रहेका छन ।

बिशाल र नर प्रसाद ११ ग्राम ब्राउनसुगर सहित अर्जुनधाराबाट पक्राउ परेका जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । यसैगरी प्रदिप १० ग्राम ब्राउनसुगर सहित बिर्तामोड भगवान चोकबाट पक्राउ परेका प्रहरी कार्यालयले जनाएको छ । बिशेष सुराकका आधारमा उनीहरुलाइ राती पौने ११ बजे पक्राउ गरिएको हो । पक्राउ परेका तिनै जनामाथि थप अनुसन्धान अघि बढाइएको ईलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ ।