दमक/  काठमाडौंबाट झापा बिर्तामोड ५ स्थित मावली घर आएकी एक बालिकाको चार तले घरको छतबाट खसेर मृत्यु भएको छ । मावली घरको छतबाट खसेर गम्भिर घाईते भएकी १३ बर्षिया कृतिका भण्डारीको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार गएराती १० बजे खाना खाईसकेपछी घरको छतबाट तल हेर्ने क्रममा अचानक लड्दा उनी गम्भिर घाईते भएकी थिईन । उनलाई तत्काल उपचारका लागि लैजादै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । उनी ५ दिन अघि मात्रै काठमाडौबाट मावली घरमा आएकी हुन । मावली घरकै चार तला माथिको छतबाट झरेर उनको मृत्यु भएको हो ।

Facebook Comments Box