दमक/ ९ बर्ष अघिदेखि झापाको दमकमा फेन्सी कपडाको व्यापार शुरु गरेका युवा व्यवसायी सुदिप खतिवडाले आजदेखि व्यवसाय विस्तार गरेका छन । उनले दमक ६ स्थित देवकोटा चोकमा आजदेखि लोटो ब्राण्डका स्पोट सुज र किलोमिटरका फेन्सी कपडाको छुट्टै व्यवसाय शुरु गरेका हुन ।

इटलिबाट शुरु भएको लोटो ब्राण्ड विश्व बजारमा ख्याती कमाइसकेको ब्राण्ड हो । रोश्नी फेन्सी स्टोरका रुपमा सञ्चालनमा ल्याइएको सो व्यवसायको आज दमक उद्योग वाणिज्य संघका अध्यक्ष गोकुल श्रेष्ठ र पूर्व अध्यक्ष प्रकाश प्रसाइँले संयुक्त रुपमा उदघाटन गर्दै व्यवसायिक सफलताको शुभकामना दिएका थिए ।

सो अवसरमा अध्यक्ष श्रेष्ठले सो ब्राण्डका सामानहरुको उपलब्धता दमकमा पहिलो पटक भएको बताउँदै ब्राण्डेड आइटमहरुका लागि दमक बाहिर पैसा जान नदिनका लागि स्थानीय व्यवसायीले गरेको प्रयास सुखद भएको बताए । उदघाटनका अवसरमा संघका प्रथम उपाध्यक्ष राजु खडका, पहिलो पाइला नेपाल दमक शाखाका अध्यक्ष दिपक खडका लागयतको पनि उपस्थिती थियो ।