विर्तामोड/  झापा बिर्तामोड ७ का राजु मर्डीका दुई बर्षीय छोरा जिवन मर्डी त्यहाँस्थित रेखा खोलामा मृत फेला परेका छन ।
हिजो राती ९ बजे नाबालक जिवन घरबाट हराएका थिए ।

आफन्तले खोजी गर्ने क्रममा आज बिहान खोलाले बगाएको अवस्थामा ३ सय मिटर दुरीमा उनको लास भेटिएको हो । सोबारे प्रहरीले थप अनुसन्धान शुरु गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

Facebook Comments Box