दमक/ झापाको दमकमा आज जिल्ला प्रशासन कार्यालय झापामा हालै प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी सम्हालेका श्रावण कुमार तिमल्सिनालाई उद्योगी व्यवसायीहरुले स्वागत गरेका छन ।

उद्योगी व्यवसायीहरुको छाता संगठन दमक उद्योग वाणिज्य संघको आयोजनामा संघको सभाकक्षमा आयोजना गरिएको कार्यक्रममा संघका अध्यक्ष गोकुल श्रेष्ठ, पूर्व अध्यक्ष प्रकाश प्रसाइँसहित स्थानीय व्यवसायी प्रतिनिधिहरुले प्रमुख जिल्ला अधिकारी तिमल्सिनालाई स्वागत गरेका थिए । त्यस अवसरमा व्यवसायी नेताहरुले उद्योगी व्यवसायीहरुले ब्यहोर्नुपरिरहेका समस्याहरुका बारेमा अवगत गराउँदै यहाँको सुरक्षा अवस्था थप सुदृढ बनाउन ध्यानाकर्षण गराएका थिए ।
सो अवसरमा जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख एसपी कृष्ण प्रसाद कोइराला, सशस्त्र प्रहरी बल, पाथीभरा शिक्षालयका एस पी द्रोण बिष्ट, डी एस पि जीवन भट्टराई, इलाका प्रहरी कार्यालय दमकका प्रमुख डिएसपी विजयराज पण्डित लगायतको पनि विशेष उपस्थिती रहेको थियो ।