धनकुटा/  धनकुटा महालक्ष्मी ९ सिरिसेमा ७ महिनाकी एक नाबालिकाको आफनै घरमा पुरिएर मृत्यु भएको छ । स्थानीय धन बहादुर लिम्बुकी ७ महिनाकी छोरीको आफ्नै घरले पुरिएर मृत्यु भएको हो ।
प्रहरीका अनुसार आज दिउँसो १२ बजे बर्षाको कारण ढुङ्गा माटो र टिनको छानो भएको घर भत्किदा सोही घरले पुरिएर नाबालिकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ । धन बहादुर सामान्य घाईते भएका छन । त्यहाँ एउटा भैँसी र एउटा गाई समेत पुरिएर मरेका छन ।

Facebook Comments Box