दमक/सत्याग्रहमा बसेका डा. गोविन्द केसीलाई प्रहरीले अभद्र व्यवहार गरेको भन्दै कांग्रेसका नेता डा. शेखर कोइरालाले आपत्ति जनाएका छन ।


मंगलबार कोइरालाले ट्विट गर्दै सत्याग्रहमा बसेका डा.केसीलाई प्रहरी प्रशासनले अभद्र व्यवहार गर्दै अपहरण शैलीमा नियन्त्रणमा लिएको घटना अत्यन्तै आपत्तिजनक र निन्दनीय भएको उल्लेख गरेका हुन ।
कोइरालाले नागरिकले शान्तिपुर्ण रुपमा आफ्ना कुरा राख्न पाउने संवैधानिक हकको हनन गरेको भन्दै राज्यले निर्लज्जता र बर्बरतापूर्ण काम तुरुन्त बन्द गर्नुपर्ने माग गरेका छन ।

Facebook Comments Box