दमक/ दमक २ स्थित वडा कार्यालयमा कार्यालयीय काम लिएर गएकी एक जना सोही वडाका महिला वडा कार्यालयको नामाकिंत बोर्ड खसेर टाउकोमा लाग्दा घाईते भएकी छिन ।
आज दिउँसो वडा कार्यालय पुगेकी सोही वडाकी ४० बर्षिया विन्दा सुवेदीको टाउकोमा कार्यालयको बोर्ड अचानक खसेर लागेको थियो । उनको उपचारका लागि दमकस्थित आम्दा अस्पताल लगिएकोमा अस्पतालले भर्खरै विराटनगरस्थित न्यूरो अस्पताल रेफर गरेको बताइएको छ । दमक २ का वडाध्यक्ष प्रजापति सापाकोटाले अचानक पानी परिरहेको समयमा माथिल्लो तलाबाट बोर्ड भुइँमा खस्दा ति महिलाको टाउकोमा चोट लागेको पुष्टि गर्दै उपचारको व्यवस्थामा जुटेको बताए ।

Facebook Comments Box