दमक/ झापाको कमलमा राष्ट्रिय प्रजातन्त्र पार्टीले संगठन सुदृढिकरण तथा विस्तार अभियानलाई तिब्रता दिएको छ ।
पार्टीका कमल गाउँपालिकास्थित पार्टी परिचालन तथा अनुगमन संयोजक दिपक खरेलका अनुसार हाल सम्म कमल गाँउपालिकाका विभिन्न चार वटा वडामा संगठन विस्तार गरिएको छ । पार्टी संगठन सुढृढिकरण अभियान अन्तगर्त गाँउपालिकाका ७ वडा मध्ये ३,५,६ र ७ मा संगठन विस्तार गरिसकिएको हो ।


संगठन निर्माण अभियान अन्तर्गत आज आइतबार कमल ६ मा सत्यनारायण ताजपुरियाको अध्यक्षतामा ११ सदस्यीय वडा समिति गठन गरिएको छ ।
वडा स्तरीय कार्यकर्ताहरुको भेलाले ताजपुरियाको अध्यक्षतामा ११ सदस्यीय वडा समिति गठन गर्नुका साथै प्रतिनिधिहरु समेत चयन गरेको छ । गठित समितिको उपाध्यक्षमा बुद्धिप्रसाद तिम्सीना,सचिवमा नवराज खरेल ,सहसचिवमा कृष्णकुमार भण्डारी र कोषाध्यक्षमा तिलमाया कार्की रहेका छन् ।
यस्तै सदस्यहरुमा गोपाल कार्की, भावना खरेल , भिमप्रसाद दाहाल,श्याम बहादुर महरा, र पिताम्बर भण्डारी रहेका छन् ।
वडा भेलाले मेदनी प्रसाद खतिवडा,पूर्ण बहादुर कार्की (विदुर ) ,दिपा पाठक,गोविन्द भण्डारी,धनेश प्रसाद दास,गौरी परियार,प्रमिला खरेल र पुष्प तिम्सीनालाई प्रतिनिधि चयन गरेको छ । यसैगरि ६ सदस्यीय सल्लाहकार समिति समेत गठन गरिएको छ । सल्लाहकार समितिमा कृष्ण प्रसाद पोख्रेल, लालबहादुर भण्डारी, गणपति अर्याल, लयप्रसाद रिजाल, चन्द्रप्रसाद भण्डारी र भवानी प्रसाद तिम्सीना रहेका छन् । नवराज खरेलले सञ्चालन गरेको सो भेलामा पार्टी उपाध्यक्ष युवराज खड्काले स्वागत मन्तव्य राखेका थिए । भेलामा पार्टीका कमल अध्यक्ष विष्णु पौडेल,जिल्ला सदस्य सन्तोष कार्की, कमल ५ का पार्टी अध्यक्ष खड्ग बहादुर श्रेष्ठ ,७ का पार्टी अध्यक्ष लय प्रसाद उप्रेती लगायतका नेता तथा कार्यकर्ताहरु उपस्थिति रहेको थियो । राप्रपाले कमलको बाँकी रहेका १,२ र ४ वडामा पनि छिट्टै पार्टी सुदृढिकरण तथा विस्तार अभियान सञ्चालन गर्ने खरेलले बताए ।

Facebook Comments Box