दमक/ मोरङ र सुनसरीमा आज खोलामा डुबेर र करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ । सुनसरी हरिनगरा ४ का २२ बर्षीय सुशिल मेहताको खोलामा डुबेर मृत्यु भएको हो ।
आज बिहान करिब ११ बजे सोही ठाउँमा रहेको मारिया खोलामा पौडी खेल्ने क्रममा उनको डुबेर मृत्यु भएको ईलाका प्रहरी कार्यालय हरिनगराले जनाएको छ त्यसैगरी मोरङ कटहरी ७ थलाहाकी ४१ बर्षीया कलकतनी माझीको करेन्ट लागेर मृत्यु भएको छ ।
आज दिउँसो पौने ३ बजे आफ्नै घरमा सरसफाई गरिरहेको अवस्थामा अचानक फेनको तारबाट बिद्युुत सट भई करेन्ट लाग्दा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । ति दुवै घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको जनाइएको छ ।

Facebook Comments Box