दमक/ आज देशभर संविधान दिवस २०७७ मनाइँदैछ । नेपालमा लामो राजनीतिक संघर्षपछि नेपाली जनताले आफनो संविधान आफनै प्रतिनिधिद्धारा लेखाएर विसं २०७२ साल असोज ३ गते संविधान सभाबाट जारी गराउन सफल भएका थिए ।

नेपालको इतिहासमा एउटा महत्वपूर्ण र ऐतिहासिक दिनका रुपमा यसदिनलाई लिदैं आजको दिनलाई संविधान दिवसका रुपमा मनाउन थालिएको हो ।


२०७२ असोज ३ गते संविधान सभाको बैठकमा तत्कालीन राष्ट्रपति डा. रामवरण यादवले नेपाली जनतासमक्ष संविधान घोषणा गरेका थिए ।
संविधानको मर्म र भावना अनुसारनै मुलुक संघीय संरचनामा अघि बढिसकेको छ । यही संविधान अनुसारनै अहिले स्थानीय, प्रदेश र संघीय गरी तीन तहका सरकार छन । यि तीन तहका सरकारमा प्रत्यक्ष निर्वाचित सरकार गठन समेत भएर पूर्ण कार्यान्वयनमा आइसकेपनि संविधानमा उल्लेख गरिएका नागरिकका मौलिकहरु अझै पनि आम नागरिकले उपभोग गर्न पाइरहेका छैनन ।
नेपालको संविधानमा व्यवस्था गरिएका ३१ वटा मौलिक हकको तीन वर्षभित्र कानून बनाएर कार्यान्वयन गर्ने भनिएको थियो । तीन वर्षभित्र कानून बने तर नियमावली बनाएर लागू गर्ने भनिएको अझै आवास र खाद्य सम्प्रभूतासम्बन्धी नियमावली बन्न सकेको छैन ।

पाँचवर्षसम्म मौलिक हक नै कार्यान्वयमा आएको छैन । संविधान जारी भएपछि संविधानअनुरुपका कानून निर्माणमा समय बितेको देखिन्छ । हालसम्म सङ्घमा १५८ कानून निर्माण भएका छन् ।
प्रदेशमा नं १ मा २६ वटा र ४ स्थानीय तहमा ४ चार कानून बनेका छन् ।
संविधानले स्वास्थ्य, शिक्षा, सूचना को हक आदिलाई मौलिक हकका रुपमा ग्यारेन्टी गरेपनि कैयौं नागरिकहरु अहिले स्वास्थ्य उपचारको अभावमा ज्यान गुमाउन बाध्य छन ।
सबै नागरिकहरुलाई भनेर ल्याइएको स्वास्थ्य बीमा कार्यक्रममा सहभागिताका लागि चाहिने न्यूनतम पैसाको अभावमा नागरिकहरुले यो कार्यक्रममा सहभागिता जनाउन पाएका छैनन भने दिर्घ र जटिल किसिमका रोगको उपचारका अभावमा मानिसहरु घरघरमै छटपटाएर बसेका छन ।
सरकारले विशेष कार्यक्रम गरी संविधान दिवस मनाइरहँदा असन्तुष्टहरुले भने असोज ३ अर्थात् आजको दिनलाई ‘कालो दिन’का रूपमा स्मरण गर्दैछन ।संविधान जारी भएकै दिन बत्ती निभाएर उनीहरुले यसको संकेत गरेका थिए । अझै पनि संविधान संशोधनको माग गर्दै आजको दिनलाई कालोदिन भन्ने गरेका छन । नेपाली कांग्रेस , तत्कालीन नेकपा (माओवादी केन्द्र) र नेकपा (एमाले)को अग्रसरतामा संविधान जारी हुँदा तराई–मधेसकेन्द्रित दलले भने हस्ताक्षर गर्न मानेनन । ती दल प्रदेश सीमांकनमा असन्तुष्टि जनाउँदै आन्दोलनमा होमिएका थिए ।

Facebook Comments Box