दमक/ दमक नगरपालिकाकी उपमेयर गीता पौडेल अधिकारीले कोरोना संक्रमणबाट बच्न सहयोग पुरयाउने उद्धेश्यले नगरमा रहेका विपन्नहरुका लागि निशुल्क मास्क प्रदान गरेकी छिन ।

आजबाट शुरु भएको निशुल्क मास्क वितरणको शुरुवात दमकको ३ नम्बर वडाबाट भएको छ । ३ नम्बर वडा कार्यालयमा उपमेयर अधिकारीले वडाध्यक्ष नविन बराललाई पाँच हजार थान मास्क हस्तान्तरण गरिन ।
वडा सदस्यहरु र वडा कार्यालयका कर्मचारीहरुको उपस्थितीमा हस्तान्तरण गरिएका ति मास्क वडा भित्रका टोलटोलमा रहेका विपन्न नागरिकहरुलाई वितरण गरिने वडाध्यक्ष बरालले बताए ।