दमक/ पछिल्ला दिनहरुमा भइरहेको बर्षासंगै झापा , मोरङ भएर बग्ने खोला नदीहरुमा बाढी आएको छ भने झरीका कारण तरकारी खेतीमा क्षति पुगेको छ ।
कन्काई, सतासी लगायतका खोलाले झापाको शिवसताक्षी ६ का विभिन्न ठाउँमा कटान गर्दा धान खेतीमा क्षति भइरहेको छ । लगातारको बर्षाले सो क्षेत्रको जनजिवन प्रभावित बनेको शिवसताक्षी ६ का वडाध्यक्ष मनोज खुलालले बताए ।

मावा खोलामा आएको बाढीले कटान गर्दै

रतुवा, मावा, गौरीया, किस्नी लगायतका अन्य खोला नदीहरुमा पनि पानीको सतह बढेको छ । कतिपय ठाउँको आवतजावतमा बाधा पुगेको छ । मावा खोलाले दमक १० स्थित सेतुमारीमा कटान तीब्र बनाएको छ भने लाल गौरीया खोलाले एक बृद्धको ज्यान लिएको छ । हिजो साँझदेखि हराईरहेका गौरादह ८ भुँडेसिमलका ७१ बर्षिय भक्तबहादुर राईको शव आज खोलामा भेटिएको हो । इलाका प्रहरी कार्यालय गौरीगञ्जका प्रहरी निरिक्षक गणेश भट्टराईका अनुसार ति बृद्धको शव खोला किनारमा रहेको रुखको ठुटामा अडकिएको अवस्थामा स्थानीय इटाभट्टामा काम गर्ने मजदुरले देखेपछि प्रहरीमा जानकारी आएको हो । ति बृद्ध खोला वारपार गर्ने क्रममा डुबेको र पानीले बगाएको प्रहरीको प्रारम्भिक अनुमान छ । यद्यपी राइको शव पोष्टमार्टम गरि आवश्यक थप अनुसन्धान जारी राखिने भट्टराईले बताए ।

Facebook Comments Box