युएइ/ दलालले इराक र कुवेत लैजाने भन्दै झुक्याएर दुवई पुरयाएका तीन जना नेपाली चेलीलाई उद्धार गरी दुवईको एनआरएन अलएनले चार महिनाको संरक्षणपछि आज नेपाल फर्काएको छ ।
आज एयर अरबियाको  G91751  उडान मार्फत उनीहरुलाई नेपाल फर्काइएको एनआरएन अलएनका अध्यक्ष उज्वल दाहालले जानकारी दिए ।
ति नेपाली चेलीहरूलाई अलऐनमा रहँदा एनआरएनए एनसिसि युएईका केन्द्रीय सदस्य राजन अधिकारी , एनआरएनए अलऐनका सल्लाहकारहरू लक्ष्मण अधिकारी जनक सापकोटा बिनोद बाबु श्रेस्ठ (क्रान्ति) अनुराग थपलिया एनआरएनए अलऐनका उपाध्यक्ष रंजन भुजेल ,पुजा राना मगर शुसील गौतम संगीता तामाङ पदम लुंगेलि मगर लगायतले संरक्षणका लागि सहयोग गरेका जनाइएको छ । उनीहरुलाई नेपाल फर्काउन मुख्य रुपमा कल्पना राई, भुमा लिम्बु, मन्जु गुरुंङ लगायतले भुमिका निर्वाह गरेका थिए ।


भारतको नयाँ दिल्ली हुँदै युएई पुगेका गोरखा च्याङलिङकी परिवर्तित नाम क दाङ लालमट्टे–३ कि परिवर्तित नाम ख र सिन्धुपाल्चोक बोल्दी–६ कि परिवर्तित नाम ग बिचल्लीमा परेका थिए ।
१४ दिनदेखि ९ महिनासम्म भारतमा राखेर उनीहरुलाई नेपालका एजेण्ट हिमाली तामाङ, शकर तामाङ, धना र साईला थिङ मिलेर गत फागुनको दोश्रो साता युएईको अजमानमा पुरयाएका बताइएको छ । युएईका एजेन्ट बंगाली नागरिकले उनीहरुलाई प्रतिव्यक्ति १४ हजार दिराममा स्थानीय म्यानपावर एजेन्सीलाई बेचेका थिए ।
‘ईराक र कुवेत लैजान भन्दै युएई ट्रान्जिट बनाएका उनीहरुलाई एजेन्टले बेचेको पत्तो भएन’ गोरखाकी मन्जु घले भन्छिन् । ‘हामीहरुलाई यतै काम गर्न दवाब दियो, पसलमा राख्थो, अरबी लगायत अन्य मुलका नागरिकहरु आएर हाम्रो मोलमोलाइ गर्थे । हाम्रो मूल्य १४–१५ हजार दिर्हाम थियो ।

Facebook Comments Box