काठमाडौं/कोरोना संक्रमणका कारण यस अघि होम आइसोलेसनमा रहेका नेपाली कांग्रेसका महामन्त्री शशांक कोइराला अस्पताल भर्ना भएका छन् ।

भदौ २३ गते कोरोना संक्रमण पुष्टि भएका कोइरालामा ज्वरो बढेपछि मंगलबार साँझ ८ बजे ॐ अस्पताल लगिएको हो । अहिले ज्वरो हटेको र आइसोलेसनमा उपचार भइरहेको जनाइएको छ ।
शशांकको उपचारमा ॐ अस्पतालका मेडिकल डाइरेक्टर समेत रहनुभएका सिनियर कन्सल्ट्यान्ट फिजिसियन डा विश्वनाथ कोइरालाको नेतृत्वमा सिनियर कन्सल्ट्यान्ट पल्मोनोलोजिष्ट डा सुबोध सागर ढकाल, कन्सल्ट्यान्ट इन्टेन्सिभिष्ट डा प्रमेश सुन्दर श्रेष्ठ लगायतको टिम संलग्न छ । उनको अवस्था सुधारोन्मुख रहेको अस्पताल स्रोतले जनाएको छ ।