झापा/ ३१ भाद्र
झापाको मेचीनगर नगरपालिका १३ बाट लागुऔषध ब्राउनसुगर सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । बिशेष सूचनाका आधारमा लागुऔषध नियन्त्रण ब्युरो काकडभिट्टाबाट खटिएको प्रहरी टोलीले १२ ग्राम ब्राउनसुगर सहित मेचीनगर नगरपालिका १५ का २९ बर्षीय श्रीमत सोरेन र बिर्तामोड नगरपालिका(५ का २७ बर्षीय पवन कुमार वसाकलाई पक्राउ गरेको हो ।
मे १ प ९९७२ नम्बरको मोटरसाईकल र मे ९ प ४९६१ नम्बरको स्कुटरमा सवार रहेका दुबै जनालाई चन्द्रगढी रोडमा चेकजाँच गर्ने क्रममा लागुऔषध बरामद भएको थियो । उनीहरुका बिषयमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय धुलावारीले जनाएको छ ।