दमक/ १०७ औं वीपी जयन्तीको अवसरमा आज साँझ नेविसंघ दमक बहुमुखी क्याम्पस इकाई समितिले दमक चोकमा दिप प्रज्वलन गरेको छ । 
संघका इकाई सभापति अतित बान्तवा राईले नेबिसंघ केन्द्रिय समितिको परिपत्र र जिल्ला समितिको निर्देशन अनुसार इकाइले सो कार्यक्रम गरेको बताए । संघकी केन्द्रिय उपसभापति तुलसा पन्तले दिप प्रजवलनको शुरुवात गरेकी थिइन । सो अवसरमा नेकाका क्षेत्रीय सभापति ढुण्डीराज भण्डारी, नगर सभापति रोशन विष्टसहित नेता कार्यकर्ताहरु सहभागि भएका थिए ।