गौरीगञ्ज/गौरीगञ्ज गाउँपालिकामा प्रमुख प्रशासकिय अधिकृतको जिम्मेवारी आजदेखि राजु दाहालले सम्हालेका छन ।
दाहाल ईलाका प्रशासन कार्यालय गौरीगञ्जको प्रमुखका रुपमा थिए । हाल कार्यरत प्रविण दाहाल हल्दीबारी गाउँपालिकामा सरुवा भएपछि नयाँ प्रशासकिय अधिकृतका रुपमा उनले जिम्मेवारी सम्हालेका हुन ।

गौरीगंज गाउँपालिकाका अध्यक्ष बाबुराजा श्रेष्ठ, उपाध्यक्ष दिपीन्द्र थापा, कार्यपालिका सदस्य राधा अधिकारी, कर्मचारीलगायत उपस्थित जनप्रतिनिधिहरूले उनीहरुको स्वागत तथा विदाई गरेका थिए ।
गौरीगंज गाउँपालिकाका जनप्रतिनिधि र प्रमुख प्रशासकिय अधिकृत दाहालबीच उत्पन्न विवाद हल नभई दाहाललाई रवाना दिईएको छ । दाहालको विदाईमा ६ वटै वडाका अध्यक्षसहित बहुमत सदस्यहरू उपस्थित भएनन् । गाउँपालिकाकाले विदाई कार्यक्रममा उपस्थित हुन वडा अध्यक्षहरूसहित कार्यपालिका सदस्य र सबै वडा सदस्यहरूलाई मोवाईल मेसेञ्जरमार्फत सुचना गरेको थियो । तर समस्याको हल नहुदै प्रशासकिय अधिकृतको विदाई गर्न उनीहरु इच्छ’क नभएका हुन । गाउँपालिकाको आन्तरिक हरहिसाब बुझबुझारक नगरी नगराई प्रशासकिय अधिकृत दाहालले रवाना लिनु गाउँपालिकाप्रति जवाफदेहिता नभएको वडा अध्यक्षहरूले आरोप लगाएका छन् ।

Facebook Comments Box