दमक/  झापाको कनकाई नगरपालिका ९ मा बिरिङ खोलाले बगाएर एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा कनकाई नगरपालिका –९ घैलाडुब्बाका १५ बर्षीय गोबिन्द साह रहेका छन ।
प्रहरीका अनुसार आज दिउँसो भैसीलाई पानी खुवाउन खोलामा लगेको बेला उनलाई खोलाले बगाएको थियो । स्थानीयले खोलाबाट उद्धार गरेर तत्काल उपचारका लागि लैजादै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

Facebook Comments Box