दमक/ १०७ औं वीपी जयन्तीको अवसरमा नेपाली कांग्रेसले आज झापाका विभिन्न स्थानमा कार्यक्रम गर्दै महामानव स्वर्गीय वीपी कोइरालाको सम्झना गरेको छ ।
कांग्रेस नेता कृष्ण प्रसाद सिटौलाको  प्रमुख आतिथ्यमा कांग्रेस झापाको आयोजनामा जिल्ला सदरमुकाम चन्द्रगढीस्थित बि.पि. चोकमा रहेको स्व. वीपी कोइरालाको तस्विरमा माल्यार्पण गर्दै वीपी जयन्ती विशेष कार्यक्रम गरिएको जिल्ला सभापति उद्धव थापाले जानकारी दिए ।

त्यहाँ नेता सिटौला, सभापति थापा जिल्ला नेता एवम महासमिति सदस्य देउमान थेवेसहित जिल्लास्थित नेता कार्यकर्ता एवम् शुभेच्छुकहरु सहभागी भएका थिए । नेता सिटौलाले त्यस अवसरमा वीपी कोइरालाले राजनीतिक तथा साहित्यीक क्षेत्रमा समेत अतुलनीय योगदान गरेको स्मरण गरे । वीपीले देखाएको समाजवादको बाटोमा हिडनु अहिलेको आवश्यकता भएकोमा नेता सिटौलाको जोड थियो ।
आजै कन्काई नगर पालिका वडा न. ५ स्थित बि. पि. बन वाटिकामा नव निर्मित बि.पि. कोईरालाको शालिकमा फुलमाला अर्पण गरेर उनको सम्झना गरिएको छ ।
त्यसैगरी नेपाली काँग्रेस गौरीगञ्जले सोही अवसरमा आज वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ ।
गौरीगंज काँग्रेस गाउँ समितिको आयोजनामा गौरीगञ्ज गाउँपालिका वडा नं. ६ खजुरगाछीमा रहेको श्याम सुन्दर यादव स्मृति प्रतिष्ठान प्राङ्गणमा वृक्षारोपण गरिएको पार्टीका गाउँ सभापति राजेन्द्र कार्कीले जानकारी दिए ।
स्व. श्याम सुन्दर यादवकी धर्मपत्नि निर्मला देवी यादवको सभापतित्वमा भएको कार्यक्रममा महासमिति सदस्य घनश्याम रिजालले प्रथम जननिर्वाचित प्रधानमन्त्री वीपी कोइरालाको लोकतान्त्रिक समाजवाद स्थापनामा दिएको योगदानको स्मरण गर्दै उनले देखाएको बाटोमा हिडनुनै वीपीप्रतिको सच्चा सम्मान हुने विचार व्यक्त गरे ।
कोईरालाले देखाएको समाजवादको नीति अहिले पनि उतिकै सान्दर्भिक रहेको चर्चा गर्दै उनले नेपाली कांग्रेसले वीपीले देखाएको बाटो बिर्सिदै गएकोमा चिन्ता व्यक्त गरे ।

महासमिति सदस्य नौताली राजवंशी, नेपाली कांग्रेस जिल्ला सदस्य तथा गौरीगंज गाउँपालिका उपाध्यक्ष दिपिन्द्र थापा, कांग्रेसका पुर्व जिल्ला सदस्य तथा वडा नं. ३ का अध्यक्ष मखना महतो, आदिवासी जनजाति क्षेत्रीय सचिव राजेन्द्र ताजपुरिया, क्षेत्रीय प्रतिनिधि कमलेश्वर राजवंशी , शिक्षक संघका गौरीगंज सभापति गोपाल ताजपुरिया, नेपाली कांग्रेस गौरीगंज गाउँसभापति राजेन्द्र कार्की लगायतले विश्व राजनीतिमा प्रजातान्त्रिक समाजवाद नीतिका लागि वीपीको योगदान अविस्मरणीय रहेको बताएका थिए ।
अहिले गाउँ – गाउँमा स्वास्थ चौकी, सामुदायिक विद्यालय, खानेपानी, प्रहरी चौकीलगायतको स्थापना विपीकै दुरदर्शी सामाजवाद नीतिकै कारण नेपालमा स्थापना भएको वक्तारूले बताएका थिए ।
श्याम सुन्दर यादवको स्मृति प्रतिष्ठान भवनको प्राङ्गनमा भएको कार्यक्रममा वत्ताहरूले स्व. श्याम सुन्दर यादवलाई राष्ट्रिय सहिद घोषणा नगरेकोमा दुख व्यक्त गरे । नेपाली कांग्रेस पार्टीले मात्र सहिद घोषणा गरेर मात्र श्याम सुन्दर यादवले पार्टीलाई दिएको योगदानको कदर नहुने भन्दै सरकारले नै शहित घोषणा गर्नु पर्ने माग गरेका थिए । कार्यक्रम सञ्चालन पार्टीका वडा नं. ६ का वडा सचिव अशोक यादवले गरेका थिए ।

Facebook Comments Box