कोरोना संक्रमण बढिरहेको कमल गाउँपालिकामा थपिँदै निषेधाज्ञा, गर्यो यस्ता यस्ता निर्णयहरु

Author Nishkarsha News
२०७७ भाद्र २०, शनिबार १९:४५

दमक/पछिल्लो समय कोरोना संक्रमितको संख्या उच्च दरमा बढिरहेको झापाको कमल गाउँपालिका क्षेत्रमा अझै उच्च सावधानी अपनाउन आग्रह गर्दै गाउँपालिकाले विभिन्न १० बुदे निर्णय गरेको छ ।
गाउँपालिका अध्यक्ष मेनुका काफ्लेको अध्यक्षतामा शुक्रबार बसेको कार्यपालिकाको बैठकले आजदेखि सकिँदै गरेको निषेधाज्ञालाई आउँदो २७ भाद्र सम्म थप गर्न सिफारिस गर्ने निर्णय गरेको छ ।
बैठकले व्यापार व्यवसाय दिउँसो १२ बजे सम्म सतर्कता अपनाउँदै सञ्चालन गर्न पाइने, दैनिक जसो ठाउँ ठाउँमा लाग्ने हाटबजारहरु पूर्ण रुपमानै बन्द गर्ने,  सैलुन र ब्यूटीपार्लर बन्दनै राख्ने, मलामीको संख्या बढीमा २५ मात्र कायम राख्दै मलामीमा बसको प्रयोग गर्न नपाउने, सबै किसिमका भेला, जुलुस, सभा समारोह, जात्रा पर्व आदि गर्न नपाउने, वडा कार्यालय तथा गाउँपालिका कार्यालयबाट प्रदान गरिने सेवाहरु आवश्यक स्वास्थ्य सुरक्षाका मापदण्डहरु पालना गर्दै भाद्र २१ देखि सूचारु राख्ने साथै विद्यालय प्रशासनको काम पनि सोही अनुसार गर्ने, वित्तिय संस्थाहरुले स्वास्थ्य प्रोटोकलहरुको पालना गर्दै दिउँसो १ बजे सम्म सेवा सूचारु राख्ने लगायतका निर्णयहरु गरेको गाउँपालिकाद्धारा जारी प्रेस विज्ञप्तीमा उल्लेख छ ।

समाचार शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्