ललितपुर/ ललितपुरस्थित एक निजी अस्पतालमा कार्यरत ३९ बर्षिया महिला कर्मचारीको जंगलमा हत्या भएको छ । अल्का अस्पतालमा कार्यरत गीता केसीको हत्या भएको हो ।
उनको शव ललितपुरको गोदावारी नगरपालिका–१०, मूलडोलस्थित लेलेको जंगलमा भेटिएको छ । हत्यामा संलग्न भएको आशंकामा केसीको घर रहेको भैंसीपाटी क्षेत्रबाट भतिजा निर्मल केसी पक्राउ परेका छन् ।
उनलाई अहिले ललितपुर प्रहरी परिसर, जावलाखेलको हिरासतमा राखेर अनुसन्धान थालिएको छ । प्रारम्भिक अनुसन्धानमा गीताको घाँटी थिचेर हत्या गरिएको हुनसक्ने देखिएको छ ।
केसी तीन दिनदेखि घरबाट वेपत्ता थिइन् । शनिबार बिहान सो शव केसीको भएको पुष्टि भएको महानगरीय प्रहरी वृत्त, चापागाउँका डीएसपी कृष्णराज ओझाले जानकारी दिए । घटनाबारेमा प्रहरीले अनुसन्धान शुरु गरेको जनाएको छ ।

Facebook Comments Box