दमक/झापाको कमल गाँउपालिका –७ का दुई जनालाई लागुऔषध सहित प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा ४० बर्षीय रोशन साह र १८ बर्षीय दिपक गुरुङ रहेका छन ।
हिजो बेलुका साढे ७ बजे केर्खा चौकमा मे१ ह ६३७६ नम्बरको अटोमा आएका दुबै जनालाइ नियन्त्रणमा लिएर चेकजाँज गर्दा लागुऔषध फेला पारिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
उनीहरुले बोकेको झोलामा १२० ऐम्पुल डायजोपाम, १२० ऐम्पुल लुपिजेसिक र १२० ऐम्पुल फेनारगन बरामद गरिएको हो । पक्राउ परेकाहरुलाई ईलाका प्रहरी कार्यालय दमकबाट थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।