विराटनगर/ प्रदेश १ सरकारले प्रदेश अन्तर्गतका विभिन्न ठाउँमा लगाइएको निषेधाज्ञा , कर्फ्यू र लकडाउनलाई क्रमश हटाउँदै जाने भएको छ ।  कोरोना रोकथाम तथा नियन्त्रण सम्बन्धि प्रदेशस्तरीय समितिको भर्चुअल बैठकले प्रदेश १ भित्र लकडाउन, निषेधाज्ञा, कर्फ्यू आदिलाई क्रमशः हटाउँदै जाने र कोरोना संक्रमण देखिएका स्थानमा मात्र सिल गर्ने निर्णय पनि गरेको हो । बैठकले बिराटनगरमा एक हजार बेडको आइसोलेसन बनाउने निर्णय पनि गरेको छ ।
प्रदेशस्तरको यो निर्णयसंगै अब स्थानीय पालिकाहरुको सिफारिसमा यस प्रदेश अन्तर्गतका विभिन्न ठाउँमा प्रशासनद्धारा जारी गरिएको नाम मात्रको निषेधाज्ञा अब क्रमश हटनेछ । दमक कमल , शिवसताक्षी लगायतमा लगाइएको नाम मात्रको निषेधाज्ञा पनि हटदै जाने अनुमान गर्न सकिन्छ ।
बैठकले बिराटनगरका कम्तिमा एक हजार बेड हुने गरी आइसोलेसन केन्द्र बनाउने निर्णय गरेको हो । आइसोलेसन निर्माणको जिम्मा सामाजिक विकास मन्त्रालयलाई दिइएको छ । आइसोलेसन स्थानीय पालिका, निजी क्षेत्र लगायतसँग समन्वय र साझेदारीमा सञ्चालन गरिनेछ ।

Facebook Comments Box