झापामा थप १२ जनामा कोरोना, संक्रमितको संख्या ६१५, निको हुने ४८१

Author Nishkarsha News
२०७७ भाद्र १८, बिहीबार १६:४४

दमक/झापामा आज कूल १२ जना कोरोना संक्रमित थपिएका छन् ।

जिल्ला स्वास्थ्य कार्यालय झापाका अनुसार जिल्लाको कमल गाउँपालिकामा ६, विर्तामोड नगरपालिकामा ५ र अर्जुनधारामा १ जना संक्रमित थपिएका हुन ।  यि मध्ये अर्जुनधाराका संक्रमित भारतबाट आएका हुन भने अन्य सबै स्थानीय छन् । यससंगै जिल्लामा हाल सम्म कोरोना संक्रमितको संख्या ६१५ पुगेको छ । ति मध्ये ४८१ जना उपचारपछि निको भएका छन् ।

समाचार शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्