दमक/शिवसताक्षी नगरपालिका–११ का २९ वर्षीय गोमनशिंह मगरको हत्या घटनाका बिषयमा सो क्षेत्रका संघीय संसद सदस्य एलपी साँवाले गम्भिर चासो देखाएका छन  ।  झापा निर्वाचन क्षेत्र नम्बर ४ का सांसद लिम्बुले दोषीलाई तत्काल पत्ता लगाएर सार्वजनिक गर्न प्रशासनसँग माग समेत गरेका छन् ।


सांसद साँवाले प्रहरी कार्यालयको करिब १ किलो मिटर दुरीमा हत्या घटना हुनुले आमसर्वसाधरण सुरक्षाको पहुँचमा नरहेको प्रमाणित भएको भन्दै प्रहरी प्रशासनको कम्जोरी औंल्याएका छन् ।
साँसद साँवाले जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रमुख कृष्ण कोइरालासँग टेलिफोन गरेर तत्काल अपराधी पहिचान गरेर हदै सम्मको कारवाहीको दायरामा ल्याउन निर्देशन दिए ।
मंगलबार साँझ घरबाट निस्किएका मगरको शव भोलीपल्ट बिहान भेटिएको थियो । परिवारका सदस्यले पौने ९ बजे फोन सम्पर्कको प्रयास गर्दा उनले प्रयोग गर्ने मोबाइलको स्वीच अफ थियो ।
श्रोतका अनुसार तीन जनालाई प्रहरीले सोधपुछका लागि निगरानीमा राखेको छ । प्रहरीको निगरानीमा रहेका तीनै जना मृतकका व्यावसायिक निकट मानिन्छन् । तर, प्रहरीले यस विषयमा औपचारिक रुपमा केही बताउन चाहेको छैन । जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरिक्षक कृष्ण कोईराला भन्छन्, ‘अनुसन्धान हुँदैछ । अपराधी नजिक प्रहरी नपुगुञ्जेल केही बताउन सकिन्न ।’

Facebook Comments Box