दमक/ इलाका प्रहरी कार्यालय दमक झापामा कार्यरत प्रहरी हवल्दार पदम बहादुर खड्का प्रदेश एकमा असार महिनाको उत्कृष्ट प्रहरी घोषित भएका छन् । त्यसैगरी प्रहरी चौकी खार्ताम्छा खोटाङमा कार्यरत प्रहरी हवल्दार रामकुमार चौधरी श्रावण महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित भए ।


विभागिय मुल्य ,मान्यता, आदेश निर्देशनको पालना गरी व्यवसायिक, लगनशील र कर्तव्यनिष्ठ भएर काम गरेवापत उनीहरु उत्कृष्ट प्रहरी घोषित भएका हुन् । अवैध लागु औषध खैरो हिरोईन, ब्राउन सुगर लगायतका प्रतिबन्धित लागुऔषधसहित त्यस्तो कारोबारमा संलग्न व्यक्तिहरुलाई पक्राउ गर्न सफल भएकाले प्रहरी चौकी महारानीझोडा झापा दरवन्दी भई इलाका प्रहरी कार्यालय दमक झापामा कार्यरत प्रहरी हवल्दार पदम बहादुर खड्कालाई सर्वोत्कृष्ट प्रहरी घोषणा गरिएको हो भने कर्तब्य ज्यानको जघन्य अपराध गरी फरार रहेका अभियुक्तलाई पक्राउ गर्न सफल भएकोमा सशस्त्र प्रहरी सेनामुख खोटाङ दरवन्दी भई प्रहरी चौकी खार्ताम्छा खोटाङमा कार्यरत प्रहरी हवल्दार चौधरीलाई श्रावण महिनाको सर्वोत्कृष्ट प्रहरी घोषणा गरिएको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।