दमक/  आज बर्षासंगै परेको चट्याङ लागेर ताप्लेजुङमा एक जनाको ज्यान गएको छ ।

फुङलिङ नगरपालिका १० फुरूम्बुकी दुर्गा विष्ट भट्टराईको चट्याङ लागेर ज्यान गएको हो । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख, प्रहरी नायब उपरीक्षक (डीएसपी) महेन्द्र श्रेष्ठले चट्याङ लागेर सिरिजङ्घा गाउँपालिका ४ तेल्लोकमा दुई जना र वडा नम्बर ५ पेदाङमा तीन जना गरी पाँच जना घाइते भएको बताए । घाइतेहरुको स्थानीय प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

Facebook Comments Box