दमक/ दमक नगरपालिका वडा नं ५ को वडा कार्यालयले शहरी क्षेत्रका सर्वसाधारणलाई कौशी खेती सम्बन्धि तालिम सञ्चालन गरेको छ ।

आर्थिक विकास अन्तर्गत शहरी क्षेत्रका घरको कौशीमा विभिन्न किसिमका तरकारी खेती लगाउन प्रेरित गर्ने उदेश्यले कार्यालयले दुई दिने तालिम आयोजना गरेको हो । तालिमको आज ( शुक्रबार) दमक ५ का वडाध्यक्ष इन्द्र गुरुङले उद्घाटन गर्नुभएको छ । तालिममा दमक नगरपालिकाका वातावरण शाखा प्रमुख ज्ञानेन्द्र चौधरी र कृषि सम्बन्धीको क्षेत्रीय अनुसन्धान कार्यालय तरहराका कृषि विद् मनिष कुमार ठाकुरले सहजीकरण गरिरहनु भएको छ ।

दुई दिने सो तालिमका क्रममा सहभागीहरुलाई भोली धरान र इटहरीमा रहेको कौशी खेतीको अवलोकन भ्रमण समेत गराउने कार्यक्रम रहेको वडा सचिव भोसकुमार थुलुङले जानकारी दिनु भयो । तालिम पश्चात सहभागीहरुलाई कौशी खेती गर्न आवश्यक माटो, ट्रे र विभिन्न जातका तरकारीको बीउ समेत प्रदान गरिने थुलुङले बताउनु भयो । तालिमको उद्घाटन कार्यक्रममा वडा सदस्य कृतिका भट्टराईले स्वागत मन्तव्य राख्नु भएको थियो भने वडा सदस्य ख्यामकुमारी परियार, सुनौलो अभियान नेपालकी सचिव लीला दाहाल लगायतको विशेष उपस्थिती रहेको थियो ।

Facebook Comments Box