झापा/ कैलाली र कञ्चनपुरमा आएको भीषण हावाहुरीमा परेर दुई जनाको मृत्यु भएको छ ।
हिजो साँझ आएको तीव्र गतिको हावाहुरीमा ७० जनाभन्दा बढी घाइते भएका छन् ।
हावाहुरीका कारण मोटरसाइकलमा सवार कैलालीको गोदावरीका वीरबहादुर चौधरी र टिकापुरका लाहानु चौधरीको मृत्यु भएको छ ।
हावाहुरी चलेका बेला मोटरसाइकलमा सवार वीरबहादुरको टिपरको ठक्करबाट मृत्यु भएको हो ।
त्यस्तै पोल्ट्री फार्ममा काम गरिरहँदा हावाहुरीले पर्खाल खसालेपछि त्यसले थिचेर लाहानु चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहोराले हावाहुरीमा ७० जनाभन्दा बढी घाइते भएको जानकारी आएको बताए ।